भक्तपुर । कोही राइडर सवारीमा निस्किँदै छन्, तर झोलामा हेल्मेट छैन, लिगार्ड छैन, न त रेनकोट नै । यस्तै बाध्यता र भौंतारिनुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि भक्तपुरमा युवा प्रविन कुमार मैनालीले सुरु गरे, एसजिभी अटो गियर एण्ड एसेसोरीज शप । जहाँ एकै छानामुनि राइडिङको लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध छन् ।
सानैदेखि अटो मोबाइल्सप्रतिको मोहले जीवनको बाटो कोरिरहेका प्रविन भन्छन्, “हामी टिम नै राइडिङप्रेमी थियौं । तर चाहिने सामानहरू छुट्टाछुट्टै ठाउँबाट किन्नुपर्थ्यो, मूल्य पनि अस्थिर । त्यसैले आँफै राइडर भएको हैसियतले समस्याको समाधान आँफै गर्न चाहें ।”
प्रविन भन्छन्, ‘सन् २०१७ मा हामी साथिहरु मिलेर ग्रुप राईड गर्यौ अनि हामीलाई सबै खालको बाईक लगेका थियौं तर लकडाउनमा राईड जाँदाखेरी सबैसँग स्पोट बाईक भयो । सबैले एउटै बाईक लिएर हिन्दा झन रमाईलो हुने रहेछ । त्यसपछि हामीले अब हाम्रो ग्रुपमा स्पोट बाईक लिएर हिड्ने भन्ने निष्कर्षमा पुग्यौं, र हाम्रो ग्रुपको नाम ‘स्पोट ग्रुप अफ भ्याली’ भयो । अनि त्यहि ग्रुपको नामले शपको नाम एसजिभी अटो गियर एण्ड एसेसोज शप रह्यो ।’
एसजिभी अटो गियर एण्ड एसेसोज शपभित्र पस्दा आवस्यक सामन एउटै छानामुनि होस् कोही हात खाली जान नपरोस् भनेर प्रिमियम ब्रान्डका हेल्मेट देखी राइडिङ गियर, एसेसोरिज र लुब्रिकेन्ट्ससम्म स्टोर राखिएको छ । शपमा हेल्मेट र मर्मत सेवा, राइडिङ ज्याकेट, लिगार्ड, चेन लिफ्ट, राइड ब्याग रेनकोट, बाइक कभर, ग्लोभ्स, र अन्य सुरक्षात्मक एसेसोरीज उपलब्ध सामग्रीहरूमा छन् ।
प्रविनका अनुसार, लक्षित वर्ग भनेकै राइडरहरू हुन् चाहे स्पोर्ट बाइक चालक हुन्, पठाओ सवारीकर्ता हुन् वा हप्ताको अन्त्यमा ट्रिप निस्किने उत्साही युवा । “यहाँ कुनै पनि ग्राहक खाली हात फर्किनु पर्दैन,” उनी विश्वासका साथ भन्छन् । सस्तोदेखि महँगोसम्म, २० वर्षदेखि ६० वर्ष उमेरसम्मका महिला र पुरुष सबैका लागि आवश्यक सामाग्रीहरू एसजिभीमा सहज रूपमा पाउन सकिन्छ । नयाँ वर्षको सुरुवातसँगै सुरु भएको यो शपमा अहिले दैनिक ग्राहकको भीड लाग्ने गरेको छ ।
व्यवसाय सुरु गर्नु अघि बजारको बिस्तृत अध्ययन गरेका प्रविनले भोगेका चुनौतीहरूलाई बुझे । “एकै ठाउँमा पसल- पसल जानुपर्दा सामाग्री फरक, मूल्य फरक । “मैले यसलाई हल गर्न खोजें सस्तोमा, गुणस्तरमा कुनै सम्झौता नगरी,” उनी भन्छन् ।
सुरुमा सामान कहाँबाट ल्याउने, कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल भए पनि आज उनी उत्साहित छन् । “अब ग्राहकको प्रतिक्रिया सकारात्मक छ, साथसाथै मेरो आत्मसन्तुष्टि पनि बढेको छ,” उनले थपे । अटो गियर एण्ड एसेसोरीज शप भक्तपुरका राइडरहरूका लागि मात्रै नभएर देशैभरका राइडरहरुको लागि सुरक्षा र भरोसाको गन्तव्य बनेको छ ।
(आर्थिक आवाजकर्मी राधिका ढकालले प्रविन कुमार मैनालीसँग गरेको कुराकनीमा आधारित )
Comments are closed.