प्रभु बैंकले तीन लाख कित्ता सेयर बिक्रीमा राख्यो, क-कस्ले किन्न पाउछन्र ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थापक समूहको ३ लाख ३१ हजार ५७९ कित्ता सेयर बिक्रीमा राखेको छ। बैंमारी बैंकका संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन प्रभु बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा पेस गर्नुपर्नेछ ।

बैंकले दिएको जानकारी अनुसार, निर्धारित अवधिमा कुमारी बैंकका संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा ती सेयर अन्य व्यक्ति तथा संस्थालाई खुला रूपमा बिक्री गरिनेछ ।

यस सेयर बिक्री प्रक्रियाले प्रभु बैंकको सेयर संरचनामा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यसले बैंकबीचको सहकार्य, पूँजी प्रवाह र संस्थागत लगानीमा थप स्पष्टता ल्याउने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.