काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावटले निरन्तरता पाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१८ अंकको सामान्य गिरावटसहित २६२२.६५ बिन्दुमा झरेको छ।
आज बजारमा उच्च कारोबार रकम भने कायमै रहेको छ। दिनभर ३२२ वटा कम्पनीहरूको कुल २ करोड १९ लाख ५ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आइतबार कारोबारमा आएका अधिकांश उपसूचकहरु राताम्य देखिएका छन्। कुल ८ वटा उपसूचकहरु घटेका छन्, जसमध्ये फाइनान्स समूहको उपसूचक सर्वाधिक १.३५ प्रतिशतले ओरालो लागेको छ।
बजारमा कारोबार भएका कम्पनीहरुमध्ये ११७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १२८ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी कम्पनीहरुको मूल्य भने स्थिर रहेको छ। समग्रमा, बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकमले लगानीकर्ताको सक्रियतालाई संकेत गरेको छ।
Comments are closed.