काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्ती मनाउने भएको छ । ७५ औँ वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रमका साथ हीरक जयन्ती मनाउने जनाइएको छ ।
चेम्बरले सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मुल समारोह समिति गठन गर्ने निर्णय गरेको छ । नेपाल चेम्बर अफ कमर्स साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्ंथा हो ।
मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिबिधिलाई हीरक जयन्तीको अवसरमा उजागर गरिने चेम्बर अफ कमर्सले जनाएको छ ।
Comments are closed.