काठमाडौं । कोल्याबोरेटीभ एजुकेसनल पार्टनरसिप (सि.इ.पी.) कास्कीले शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कास्की अन्तर्गतका १८ ओटा संस्थागत विद्यालयका अंग्रेजी शिक्षकलाई सोमबार कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा शिक्षक बीच अंग्रेजी पाठ्यक्रम, यसका उद्देश्यहरु, विद्यार्थी, मूल्याङ्कनका आधार तथा विश्वसनियता, शिक्षण कार्यशाला, शिक्षण सिकाई प्रक्रिया तथा सामाग्रीका साथै प्रश्नोत्तर कार्यक्रम जस्ता महत्वपूर्ण विषयलाई समेटिएको थियो । बिषय विशेषज्ञ प्राध्यापक डा.लक्ष्मण ज्ञवालीले कार्यक्रम सहजिकरण गरेका हुन् ।
कार्यक्रमका प्रमुुख अतिथि व्याप्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले यस्ता कार्यक्रमले शिक्षकमा पुनर्ताजगी सिर्जना गर्दै कक्षाकोठामा फर्किन थप उर्जा तथा हौसला मिल्ने बताए । हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले शिक्षकहरु प्रशिक्षित हुदै आफ्ना कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापलाई अझ बैज्ञानिक बनाउदै जानुपर्नेमा जोड दिए ।
प्याव्सन कास्कीका सचिव सुरेन्द्रमान सिंह भण्डारीले यस्ता कार्यक्रम शिक्षकको पेशागत हितमा अपरिहार्य रहने बताए । एकता बुक्स डिस्टिव्युटर्स प्रा.लि.पोखराका प्रवन्ध निर्देशक रामचन्द्र तिमोथि तथा सि.इ.पी कास्कीका संयोजक डा. टेकनारायण पौडेलले सहभागीलाई धन्यवाद दिएका छन् । आधारभुत तथा माध्यमिक तहका गरी करिब ७० जना अंग्रेजी शिक्षकको सहभागीता रहेको थियो ।
एकता बुक्स डिस्टिब्युटर्स प्रा.लि.सँगको सहकार्यमा पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलका सह–प्राचार्य कृष्ण लम्सालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी शिक्षकलाई प्रमाण पत्र प्रदान गरिएको छ । एकता बुक्स डिस्टिब्युटर्स प्रा.लि.पोखराको सभाहलमा भएको हो ।
Comments are closed.