विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकको नयाँ शाखा सञ्चालनमा

स्याङ्जा । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

विरुवा शाखाको विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर, अर्जुनचौपारी शाखाको उद्घाटन अर्जुनचौपारी गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ साथमा यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले गरेका हुन् ।

सञ्चालनमा आएका नयाँ शाखा कार्यालयबाट सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म÷कम्पनी तथा अन्य संघसंस्थालाई उत्कृष्ट सेवा प्रवाहमा यस गरिमा विकास बैंक प्रतिबद्ध रहेको छ । कार्यक्रममा गाउँपालिका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी, सर्वसाधारण लगायत सहभागी थिए ।

हाल, गरिमा विकास बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिनमार्फत करिब ९ लाख ग्राहकलाई बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.