काठमाडौं । नेपालका सडकमा ५ सय बढी सेरेस ईभीहरु पुगेको कम्पनीले दाबी गरेको छ । अन्तर्राष्ट्रिय स्तरको प्रिमियम विद्युतीय सवारी ब्राण्ड सेरेसले ५ सय बढी सेरेस ईभीहरू पुगेको महत्वपूर्ण उपलब्धिको घोषणा गर्दै जानकारी दिएको छ ।
यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत गर्दछ । यस सफलताको अवसरमा सेरेसले एक बिशेष समारोह गर्दै केक काटेर खुशीयाली मनाएको छ । कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायत प्रमुख व्यक्ति सहभागी थिए ।
एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरियाले नेपालका सडकमा सेरेस गाडीको संख्या ५ सय बढी पुग्नु भनेको हाम्रो दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नविनतम ईभी सोलुसन्सको प्रमाण रहेको बताए ।
सेरेसका बारेमाः
सिलिकन भ्यालीबाट सुरु भएको सेरेसले हाल ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति कायम गरिसकेको छ । युरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्राण्ड समेत बनिसकेको छ । यस ब्राण्डले अमेरिका, चीन र इन्डोनेसियामा ६ वटा विशाल उत्पादन केन्द्र र अमेरिका, चीन, जर्मनी तथा जापानमा ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालन गरिरहेको छ ।
सेरेस ग्रुप चीनका नाफामा रहेका थोरै गाडी निर्माता कम्पनीमध्ये एक हो । सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेर आफ्नो आर्थिक स्थायित्व र बजारको पकड प्रष्ट पारेको छ । अबको योजना अनुसार सेरेस ग्रुपले सन् २०२६ भित्र : ७, : ८ र : ९ गरी तीन नयाँ ईभी मोडलहरू सार्वजनिक गर्नेछ । जसले यसको इनोभेटिभ लाइनअपलाई थप विस्तार गर्नेछ ।
सेरेसको गुणस्तर र नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय रूपमा पनि मान्यता मिलिरहेको छ । इन्डोनेसियामा सेरेसले “फेभरेट कार लन्च”, “मोस्ट अफोर्डेबल कार” र “फेभरेट कमर्सियल भेहिकल” जस्ता तीन प्रमुख ईभी अवार्डहरू जितेको छ । यसले कम्पनीको उत्कृष्टता, ग्राहक सन्तुष्टि र कम मूल्यमै विशिष्टता दिन सक्ने क्षमतालाई बलियो बनाएको छ ।
हालै सेरेस ३ लाई इन्डोनेसिया, हङकङ, रुस र नर्वे जस्ता मुलुकहरूमा सार्वजनिक गरिएको छ । जसले सेरेसको विश्वव्यापी प्रभावलाई अझ फराकिलो बनाएको छ । नेपालमा सेरेसले कठिन भौगोलिक चुनौतीमा आफ्नो शक्ति प्रमाणित गरिसकेको छ । ४ हजार ६६० मिटर उचाइमा रहेको कोरला पास पार गर्ने पहिलो ईभी बनेर सेरेसले चरम परिस्थितिमा समेत आफ्नो क्षमता प्रदर्शन गरेको छ ।
नेपाल दिगो एवम् वातावरणमैत्री भविष्यतर्फ अग्रसर भइरहदा सेरेसले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै विश्वस्तरीय मापदण्डहरू पनि पूरा गर्ने स्मार्ट, सुरक्षित र स्टाइलिस विद्युतीय सवारीसाधन नेपाली प्रयोगकर्तासमक्ष ल्याइरहनेछ ।
Comments are closed.