चितवन । जिनव इन्क. प्रालिले चिवनमा क्लाइन्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत रमिता चौधरीको अध्यक्षतामा विकसित फिनएक्स सहकारी सफ्टवेयरको प्रयोगकर्ताका लागि कार्यक्रम गरिएको हो ।
प्रयोगकर्ताको राय सुझाव सङ्कलन गर्नुका साथै सफ्टवेयरमा उपलब्ध नयाँ सुविधाका बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ । अतुल झा, अभिषेक लाभ र कन्सल्टेन्ट किरण पौडेलले ऋण प्रशोधन, कागजात प्रशोधन, ऋण अनुगमन, आफ्नो सदस्यलाई जान्नुहोस् (KYM), CoPoMIS रिपोर्टिङ र goAM एकीकरण जस्ता विषयमा सहजिकरण गरेका हुन् ।
कार्यक्रममा चितवनका प्रमुख सहकारी संस्थाका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा सम्बन्धित सहकारीसँग प्रत्यक्ष संवाद गरिनुका साथै प्रविधिमा आधारित समाधानको प्रभावकारी प्रयोगबारे जानकारी दिइएको छ ।




Comments are closed.