पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्थापनाको १३ औं वार्षिकोत्सव मनाएको छ । पोखरा महानगरपालिका–२६ बिजयपुरमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ ।
‘वित्तीय साक्षरता आजको आवश्यकता’ विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, आमा समूहलाई सहयोग, सरसफाई, विद्यालयलाई शैक्षिक सामग्री सहयोग, जस्ता कार्यक्रम गरेको लघुवित्तले जनाएको छ ।
शाखा कार्यालय नौडाँडाले पोखरा महानगरपालिका–२४ स्थित दोपहरे आमा समूहलाई सांस्कृतिक प्रवद्र्धनको लागि जिन्सी सामग्री वितरण, शाखा कार्यालय मनकामना गोरखाले मनकामना मन्दिर परिसरमा बृहत सरसफाई कार्यक्रम, शाखा कार्यालय अमराई, अर्घाखाँचीले सुभोधिनी माविमा शैक्षिक सामग्री वितरण तथा शाखा कार्यालय महेन्द्रनगर, धनुषाले क्षिरेश्वर जनता माविको प्राङ्गणमा ‘वित्तीय साक्षरता आजको आवश्यकता’ विषयक अन्तर माध्यमिक विधालय स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।
विपन्न वर्गसँग १३ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने भूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा बजारमा देखिएको आर्थिक मन्दी लगायत विनाशकारी घटना तथा परिघटनाको बाबजुद पनि यस वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व र ग्राहक संरक्षणका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
वित्तीय संस्थाको ५४ जिल्लामा १२१ वटा शाखा कार्यालयमार्फत करिब १ लाख ५९ हजार सदस्य तथा ६१ हजार ५ सय ऋणलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । २०८२ वैशाख मसान्त सम्ममा वित्तीय संस्थाले करिब १० अर्ब ५ करोड कर्जा लगानी र ३ अर्ब ४५ करोड बचत परिचालन गरिरहेको छ ।
Comments are closed.