लहान । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले लहानमा पल्सर एन १२५ को सार्वजनिक कार्यक्रम हुने भएको छ ।
बजाज आफ्नो आकर्षक लञ्च कार्यक्रमका लागि परिचित छ । यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै नयाँ पल्सर एन १२५ को लञ्च संगीतमय साँझमार्फत गरिने तयारी छ ।
जेठ ७ गते साँझ ६ः३० बजेदेखि चौधरी होटल लहानमा हुन गइरहेको यस कार्यक्रममा प्रवेश निशुल्क व्यवस्था छ । कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र मानियाको लाइभ प्रस्तुति रहनेछ ।
कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्ने बताइएको छ ।
Comments are closed.