काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले राष्ट्रिय आधारभूत विद्यालय ज्योतिनगर चितवनका विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको नारायणगढ क्षेत्रका प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा विद्यार्थीलाई पोशाक हस्तान्तरण गरेका छन् । प्रधानाध्यापक न्यौपानेले पोशाक हस्तान्तरणले विद्यार्थीलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बैंकका बर्तौलाले भरतपुर महानगरपालिका सँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावक लगायत सहभागी थिए ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमलाई निरन्तरता दिनेछ ।
Comments are closed.