दिल्ली । नेपाल र उत्तर भारत सम्मिलित डिस्ट्रिक्ट ४१ को वार्षिक तीन दिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा गुरगाउँ, मेरिडियन, दिल्ली एनसिआरबाट डिस्ट्रिक्ट ४१ का टोस्टमास्टर्सहरु भेला भएका हुन् ।
डिस्ट्रिक्ट ४१ द्वारा आयोजित सम्मेलनमा तीन सयभन्दा बढी सहभागीको उपस्थिति रहेको थियो। नेपालकी मुनाल प्रधानले डिस्ट्रिक्ट डाइरेक्टरका रुपमा सो सम्मेलनको अध्यक्षता गरेकी हुन् । सम्मेलनमा सन् २०२५ जुलाईदेखि २०२६ का लागि टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ का लिडरहरूको चयन गरिएको छ ।
सम्मेलनले क्लब ग्रोथ डाईरेक्टरमा नेपालकी दिप्ती आचार्य, डिस्ट्रिक्ट डाईरेक्टरमा भारतका गौरव चौधरी र कार्यक्रम गुणस्तर डाईरेक्टरको रूपमा श्वेतांक शर्मा निर्वाचित भएका छन् । सम्मेलनमा टेवल टपिक्स र अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा नेपालकी सम्पदा रेग्मी प्रथम, साहिल बराल दोस्रो र देवांश तेस्रो भए भने अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा नेपालकी संस्कृति आचार्य प्रथम, श्रेया जैन द्वितीय र प्रशन्न श्रेष्ठ तृतीय भएका छन् ।
त्यस्तै कार्यक्रममा सन् १९९९ विश्व पब्लिक स्पिकिंग च्याम्पियन क्रेग भ्यालेन्टाइनले वक्तृत्वकला सम्बन्धित तालिम दिए भने प्राध्यापक डा. नीरजा पाण्डेले बोल्दै निर्वाचित सदस्यलाई बधाई दिएका छन् । नेपालबाट विजयी भएकी संस्कृति आचार्यले अब क्षेत्रीय प्रतिस्पर्धामा भाग लिनेछिन् र सो प्रतिस्पर्धामा विजयी भएमा उनी विश्व वक्तृत्वकलाको फाइनलमा पुग्ने बताइएको छ ।
Comments are closed.