काठमाडौं । एभरेष्ट कलर लिमिटेडको बिशेष बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कौशलटार, भक्तपुरस्थित केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारण सभाले जारी पुँजी वृद्धि गरी रु ३० करोड र सो पुँजीको २६.३३ प्रतिशत (७,९०,००० कित्ता) शेयर रु.१०० का दरले सर्वसाधारणलाई आईपीओ निश्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
यस अघिको बार्षिक साधारणसभाले प्रतिकित्ता ५० रुपैयाँ आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । साधारणसभाले आईपीओको प्रतिकित्ता मूल्य संशोधन गरी पुँजी बृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी सभाले स्वतन्त्र सञ्चालकमा कपिलदेव महत्तोलाई नियुक्त गरेको छ ।
कम्पनी सञ्चालक समिति अध्यक्ष महेश्वर खनालको अध्यक्षतामा बसेको विशेष साधारण सभाले समितिले प्रस्ताव गरेका अन्य सामान्य तथा विशेष प्रस्तावहरु पारित गरेको छ ।
Comments are closed.