काठमाडौं । एयर इन्डिया एक्सप्रेसले काठमाडौंमा नियमित उडानहरू सञ्चालन गर्नेछ । टाटा ग्रुप अन्तर्गतको एयर इन्डियाको सहायक कम्पनी एयर इन्डिया एक्सप्रेसले बैंगलोर र मुम्बईबाट दैनिक काठमाडौं उडानहरू सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ ।
जुन १, २०२५ देखि बैंगलोरबाट दैनिक उडान बिहान ८ः०५ बजे सिधै काठमाडौँ आइपुग्ने र बिहान ९ः०५ बजे प्रस्थान गर्ने गरी सञ्चालन गरिनेछ । विगतमा नेपाल एयरलाइन्सले काठमाडौंबाट बैंगलोर को लागि नियमित उडानहरू सञ्चालन गथ्र्यो । तर, हाल कुनै पनि उडान सञ्चालन गरिएको छैन ।
बैंगलोर नेपाली विद्यार्थीको लागि लोकप्रिय गन्तव्य हो र एयर इन्डिया एक्सप्रेसले दुई शहरहरू बीच उडान सुरु गरेपछि यो उनीहरूका लागि धेरै सुविधाजनक हुनेछ । भारतबाट धार्मिक पर्यटन का लागी नेपाल आउन चाहने यात्रुका लागी पनि यस उडानले योगदन गर्नेछ । यो उडानसँगै दुई देशहरू बीचको पर्यटन र कनेक्टिभिटी पनि बढ्नेछ ।
निकट भविष्यमा, एयर इन्डिया एक्सप्रेसले मुम्बईमा पनि दैनिक उडानहरू सञ्चालन गर्नेछ । ट्राभल राइट प्रा. लि. नेपालमा एयर इन्डिया एक्सप्रेसको लागि GSA हो ।
Comments are closed.