बिर्तामोड । बजाज मोटरसाइकलको बिर्तामोडका लागि आधिकारिक बिक्रेता मेची पावर मोबाइल ट्रेडले पहिलो पटक बिर्तामोडमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ ।
जेठ ४ देखि जेठ ९ गतेसम्म बिर्तामोडको वान स्टप मल अगाडि (खड्का कम्प्लेक्स सँगैको खाली जग्गामा) आयोजना हुने सो मेलामा ग्राहकले मात्र नागरिकताको आधारमा बजाजका बाइकहरु फाइनान्स गर्न सक्नेछन् । शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
मेची पावर मोबाइल ट्रेडका निर्देशक मनोज वंशलको दाबी अनुसार बिर्तामोडमा नै पहिलो पटक हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आएका छन् । यी अनुभवी भ्यालुएटरले ग्राहकको बाइकको न्यायोचित मूल्याङ्कन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन ग्राहकले पाउँनेछन् ।
यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्समार्फत यो सुविधा पाउनेछन् ।
वान स्टप मलअगाडि आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको नेपालकै बृहत् मोटरसाइकल एक्सचेन्ज योजना हो ।
यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू सजिलै किन्न सक्नेछन् ।
Comments are closed.