धादिङ । धादिङमा महिलाका लागि सञ्चालित निःशुल्क तीन महिने आधारभूत र दुई महिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न भएको छ । धुनिवेशी नगरपालिका–९जुगेडीस्थित के एल दुगड समूह अन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत तालिम सञ्चालन गरेको हो ।
धुनिवेशी नगरपालिका–९ को सहकार्यमा भएको तालिममा ४२ जना स्थानीय महिलालाई निःशुल्क तीन महिने आधाभूत र दुई महिने एडभान्स् सिलाई–कटाई सम्बन्धी सीप सिकाइएको छ । महिलालाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पु¥याउने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले तालिम पश्चात् यसलाई व्यवसाय सञ्चालन गरेर आयआर्जन गर्न अनुरोध गरेका छन् । युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरिकुमार उप्रेतीले यस्ता तालिमले महिलामा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पु¥याउने बताए ।
वडाध्यक्ष माधवप्रसाद सिलवालले युनाइटेड सिमेन्ट्सलाई धन्यवाद व्यक्त गर्दै महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको तामिमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताए । कार्यक्रम वडाध्यक्ष सिलवालको अध्यक्षतामा तालिम समापन गरिएको हो ।
Comments are closed.