भक्तपुरमा सोमवारदेखि सीएफ मोटो एनके२५० को ग्राण्ड एक्सचेन्ज कार्निभल, के–के छन् सुबिधा ?

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित सिएफ मोटो सोरुममा आजदेखि एक्सचेन्ज कार्निभल सुरु भएको छ । सो क्षेत्रका लागि आधिकारिक बिक्रेता राइडर ग्रुपले कार्निभल आयोजना गरेको हो ।

राइडर ग्रुपले विगत ८ वर्षदेखि भक्तपुरमा सिएफ मोटो मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले हालै जिहो ब्राण्डको इलेक्ट्रि स्कुटर समेत बिक्री गर्न थालेको छ । ६ दिनसम्म चल्ने मेला सिएफ मोटोको एनएके२५० मोटरसाइकल लक्षित छ ।

एनके२५० अपग्रेड भएर आएपछि यस ग्रुपले पहिलोपटक ६ दिन लामो एक्सचेन्ज कार्निभल आयोजना गरेको हो । कार्निभलमा विभिन्न ब्राण्डका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न आउने ग्राहकलाई उक्त मोडल मोडल खरिद गर्दा बजार मूल्याङ्कनमा ५० हजार रुपैयाँ थप मूल्याङ्कन कम्पनीको तर्फबाट उपलब्ध गराइने बताइएको छ ।

फाइनान्समा खरिद गर्दा ५० प्रतिशत डाउनपमेन्ट गरी बाँकी रकमलाई शून्य प्रतिशत ब्याजदरमा २४ महिनाभित्र भुक्तानी गर्न सकिने, नगद खरिदमा उचित छुट प्रदान गरिनुका साथै उक्त मोडलमा ५ वर्ष सम्मको वारेन्टी उपलब्ध हुने कम्पनीको भनाइ छ । साथै, ग्राहकले एउटा आकर्षक हेल्मेट समेत निःशुल्क प्राप्त गर्नेछन् ।

युवा राइडरमाझ लोकप्रिय बनिरहेको सिएफ मोटो एनके२५० मा २७ बिएचपी पावर र २२ एनएम टर्क जेनेरेट गर्ने शक्तिशाली ईएफआई इन्जिन जडान गरिएको छ । उत्कृष्ट पर्फमेन्स र आकर्षकत लुक्स तथा डिजाइनका कारण पछिल्लो समय एनके२५० नेपाली राइडरमाझ लोकप्रिय बन्दै गरिएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.