इनड्राइभले आफ्ना प्रयोगकर्तालाई यातायातको वैकल्पिक र भरपर्दो सेवा प्रदान गर्दै

काठमाडौं । जेठ १९ गतेबाट शुरु भएको देशव्यापी अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दको अवस्थालाई मध्यनजर गर्दै इनड्राइभले आफ्ना प्रयोगकर्तालाई यातायातको वैकल्पिक र भरपर्दो सेवा प्रदान गर्दै सहयोग गरिरहेको छ ।

सुलभ र सजिलो यातायात सुनिश्चित गर्ने हाम्रो प्रयासको मुख्य आधार हाम्रो बिडिङ (मोलमोलाई) मोडल हो । इनड्राइभले प्रयोगकर्ता र चालकलाई नै पारदर्शी संवादमार्फत उनीहरू आफैलाई भाडादर तय गर्ने अधिकार दिन्छ । यात्रुहरुले आफूले जान चाहेको गन्तव्य राखेर प्रस्तावित भाडादर उल्लेख गर्छन् ।

सो प्रस्ताव नजिक रहेका चालकलाई पठाइन्छ, त्यसपछि ती चालकले सो प्रस्ताव स्वीकार गर्न, नयाँ दर सुझाव गर्न वा राइड अस्वीकार गर्न पनि सक्छन् । इनड्राइभको ‘फेयर प्राईस’ मोडलले नेपालको राइड–हेलिङ क्षेत्रमा भाडाको असमानतालाई चुनौती दिन्छ, जसले यात्रुलाई पारदर्शिता र निष्पक्षताको सिद्धान्तमा आधारित सेवा उपलब्ध गराउँछ ।

हालको यातायात बन्दको अवस्थामा पनि, हाम्रो प्लेटफर्ममा दशौं हजार चालकहरू छन्, जसले यात्रुलाई सवारी सेवाको निरन्तरता सुनिश्चित गरिरहेका छन् । हामी चालकबाट अत्यन्त न्यूनतम कमिशन लिने नीतिमा विश्वास गर्छौ र त्यसलाई व्यवहारमा पनि उतारिरहेका छौँ । यही सन्दर्भमा, हामीले चारपाङ्ग्रे सवारी साधन (कार) का चालकलाई पिक–आवर (अत्यधिक व्यस्त समय) मा शून्य प्रतिशत कमिशन सुविधा उपलब्ध गराएका छौँ । यसले चालकको आम्दानी बढाउनेछ भने यात्रुलाई सहज रूपमा राइड पाउन सजिलो बनाउनेछ ।

साथै, मोटरसाइकल चालकका लागि पनि हामीले विभिन्न बोनस योजना सञ्चालन गरिरहेका छौं, जसको जानकारी उनीहरूलाई एपमार्फत निरन्तर रुपमा दिइरहेका छौँ । यात्रुका लागि प्रत्यक्ष छुटको रूपमा यी सुविधा लागू नहुन सक्छन्, तैपनि यसले उनीहरूलाई अप्ठ्यारो परिस्थितिमा भरपर्दो र सजिलो सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता प्रमाणित गर्दछ । इनड्राइभको मुख्य लक्ष्य हो – सबैका लागि सुलभ, पारदर्शी यात्राको सुनिश्चितता ।

 

 

You might also like

Comments are closed.