युएन पार्क नजिकै १९ स्वदेशी प्रजातिका वृक्षरोपण

ललितपुर । संस्कृति अन्तर्राष्ट्रिय विद्यालयले शंखमूलस्थित संयुक्त राष्ट्र उद्यान (युएन पार्क) नजिकै वृक्षरोपण गरेको छ । विश्व वातावरण दिवसको उपलक्ष्यमा जेन गुडल संस्थान नेपालसँगको सहकार्यमा वृक्षरोपण कार्यक्रम भएको हो ।

प्राथमिक विद्यालय तहका विद्यार्थीदेखि माध्यमिक तहका विद्यार्थी, अभिभावक, कर्मचारी लगायतको सहभागीतामा वृक्षरोपण गरिएको छ । जेन गुडल संस्थान नेपालका वन निर्माता तथा ‘द रिभोलुसन प्रोजेक्ट’ का सह–संस्थापक आयुष देव पन्तले नयाँ रूख रोप्ने कार्य मात्र होइन पूराना रूखहरू जोगाउने पहल रहेको बताए ।

पार्कमा १९ विभिन्न स्वदेशी प्रजातिका १२३ वटा विरुवा रोपिएको छ । यस अभियानबाट विद्यार्थीले माटो खनेर रूख रोप्ने मात्र होइन प्रकृतिको माया, वातावरणको हेरचाह र दीगो विकास सम्बन्धमा ज्ञान सिकेका छन् ।

 

 

You might also like

Comments are closed.