नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले जेठ २८ देखि असार ७ सम्म ई कमर्स तालिम आयोजना गर्दै

काठमाडौं । उद्योग तथा वाणिज्य कार्यालय त्रिपुरेश्वर काठमाडौंको आयोजनामा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले ई कमर्स तालिम आयोजना गर्ने भएको छ ।

विभिन्न स्थानमा यही जेठ २८ देखि असार ७ गतेसम्म सञ्चालन हुने तालिममा लघु, घरेलु, साना तथा मझौला उद्यमीलाई सहभागी गराइनेछ । शंखरापुर नगरपालिकास्थित संको रिसोर्ट यही जेठ २८ देखि ३० गतेसम्म हुनेछ । सो तालिममा सहभागी हुन शंखरापुर उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण श्रेष्ठ (९८५१०९४५३१) लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

त्यस्तै असार १, २ र ३ गते चन्द्रागिरी नगरपालिकास्थित चतामरी द नेवा रेटुरेन्ट बलम्बुमा हुने तालिमका लागि महिला उद्यमी समिति सभापति मिना गोपाली (९८४९०२०८२९), असार ५, ६ र ७ गते काठमाडौंमा हुने तालिमका लागि नेपाल उद्योग वाणिज्य संघ काठमाडौं ज्याथा–२७ , कान्तिपथमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

You might also like

Comments are closed.