पोखरामा यामाहाको ब्लुफेस्ट सुरु

पोखरा । पोखरामा यामाहा ब्लुफेस्ट सुरु भएको छ । यामाहाका मोटरसाइकल एक्स्चेन्ज, फाइनान्स एण्ड एक्स्पेरिएसन्स जस्ता सुबिधा फेस्टमा उपलब्ध छन् ।

ग्राहकलाई मध्यनजर गर्दै पोखरास्थित सिर्जनाचोक एनसेल सेन्टर अगाडि ब्लुफेस्ट आयोजना गरिएको जनाइएको छ । असार १ गते आइतबार सुरु भएको ब्लुफेस्ट असार ६ गतेसम्म चल्नेछ ।

ब्लुफेस्टमा यामाहाका कुनैपनि पूरानो मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गर्दा न्युनतम भ्यालुएसन ५० हजार प्राप्त हुनेछ भने अन्य जुनसुकै

ब्राण्डमा कम्तीमा २५ हजार मूल्याङ्कन हुनेछ । १० हजार रुपैयाँ थप मूल्याङ्कनको सुविधासहित ६ हजार रुपैयाँ नगद छुट पनि प्रदान हुनेछ ।

फ्रि एसेसरिजसहित एक वर्षको रोड ट्याक्स पनि निःशुल्क हुनेछ । ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ ।

You might also like

Comments are closed.