पोखरामा ट्रायम्फ मोटरसाइकलको नयाँ शोरुम खुल्यो

पोखरा । पर्यटकीय राजधानी पोखरामा ट्रायम्फ मोटरसाइकलको नयाँ शोरुम खुलेको छ । विश्व प्रसिद्ध मोटरसाइकल ब्राण्ड ट्रायम्फले पहिलो दिनमा नै ५० युनिट मोटरसाइकल हस्तान्तरण गरेको छ ।

ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले पोखरामा इच्छाशक्ति अटोमोबाइलसँग सहकार्य गरी नयाँ शोरुमा सञ्चालनमा ल्याएको हो । इच्छाशक्ति अटोमोबाइल पोखराका लागि बजाज मोटरसाइकलको बिक्रेता समेत हो ।

पोखरेली मोटरसाइकलप्रेमीले यस ब्राण्डलाई धेरै रुचाएको इच्छाशक्ति अटोमोबाइलका सञ्चालक आगेशमान बुद्धाचार्यले बताए । पहिलो दिनमै ५० युनिट मोटरसइकल बिक्री हुनु नै ट्रायम्फ मोटरसाइकलप्रति देखाएको विश्वास र भरोसाले प्रिमियम मोटरसाइकलको मागलाई दर्शाउने उनी बताउँछन् । हामी अन्तराष्ट्रिय स्तरका सेवा दिन प्रतिबद्ध रहेको उनको भनाइ छ ।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले नयाँ शोरुमबाट मोटरसाइकल बिक्रीसंगै बिक्री पछिको सेवाहरु, स्पेयर पाट्र्स र सर्भिस समेत उपलब्ध हुने बताएका छन् ।

You might also like

Comments are closed.