काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
गत जेठ ३० गते कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समिति सहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारी, काठमाडौं उपत्यका बाहिरका प्रदेश प्रमुख साथै शाखा प्रबन्धकको अनलाइनमार्फत सहभागितामा अभिमुखीकरण भएको हो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने, उपनिर्देशक पदमप्रसाद सोडारीले कार्यक्रम सहजिकरण गरेका हुन् । कार्यक्रमको आयोजना कम्पनीका तर्फबाट कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुरबहादुर भुजेलले जानकारी दिएका थिए ।
ग्राहकको सम्पत्ति र आयको श्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैर कानुनी कमाई र आतङ्ककारी कार्यबाट सङ्कलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ । यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने जस्ता विषयमा सहजिकरण गरिएको छ ।
सिटिजन लाइफले नियमित अवधिमा यस कार्यक्रम सञ्चालन गर्दै आएको छ । काठमाडौं उपत्यका बाहिरका स्थानमा अन्य कर्मचारी र अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नै सहजिकरण गर्ने गरेका छन् ।
कम्पनीको महत्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिने गरेको उनले जनाए । साथै कम्पनीले यस प्रकारको कार्यक्रम पुनः देशभरी क्रमशः विस्तार गर्ने समेत जनाएको छ ।
Comments are closed.