पोखरा । सहकारी संस्थाहरुको स्तरीकरण, विकासका लागि पोखरामा एकदिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको सहकार्य तथा प्राविधिक सहकार्यमा सराङ्गकोट बहुउद्देश्यीय संस्थाको आयोजनामा भएको कार्यक्रममा सहकारी संस्थालाई सक्षम सवल बनाउने मुख्य भूमिका रहने गरी सहकारी सञ्चालनको बारेमा बृहत छलफल भएको थियो ।
सहकारी स्तरीकरणका लागि कर्जा जोखिम गणना, कर्जा सुरक्षण व्यवस्था, बचत र व्याजको व्यवस्थापन , ऐन नियमको पालना शेयर सदस्यहरु प्रति जिम्मेवारी, पूँजीकोष, निस्कृय सदस्यहरुलाई व्यवस्थापन स्थीर सम्पत्ति व्यवस्थापनमा सहकारीले लाग्नु पर्ने धारणहरुपारित गरिएको राष्ट्रिय सहकारी र्बैक गण्डकी प्रदेश प्रमूख नरेश पाण्डेले बताए । राज्यका निति अनुरुप सहकारीको आर्थिक मेरुदण्डको मुख्य खम्बा रहेको सहकारीका कारण बजारमा आर्थिक चलाएमान भइरहेको परिपेक्षमा केही न्यून सहकारीको कारण सिङ्गो सहकारी क्षेत्र प्रति नकारात्मक सोचलाई सकारात्मक बनाई , सहकारी , समाजको सहकार्य हो ।
सहकारीको माध्यमले बचतको माध्यमबाट जन्म देखी मृत्यू सम्म सुख दुःखको मित्रको रुपमा सहकारीलाई अन्तराष्ट्रिय रुपमा हेरिएको उदाहरणलाई समेत आत्मासाथ गर्दै मेरो सहकारी राम्रो सहकारीको निती अवलम्वन गर्न सबै सहकारी इमान्दर पूर्वक लाग्नु पर्ने सहभागी सहकारी कर्मीहरुले बताए । राष्ट्रिय सहकारी बैंक मार्फत सहकारी संस्थाहरुको अवस्था, प्रशिक्षण प्राविधिक शिक्ष सहित आवश्यकता अनुसार कर्जा प्रवाह समेत गरी सहकारीको स्तरीकरण गर्न देशैभर स्तरीकरण समिक्षा गोष्ठी गरीदै आएको सहजकर्ता , सहकारी प्रशिक्षक सूर्य प्रसाद रिमालले बताए ।
सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रम शुभारम्भ , सहकारी कर्मी शुभकामना सहकारीका अध्यक्ष गायत्री शर्माले गरेका थिए । कार्यक्रममा संंस्थागत रुपमा पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाका प्रमूख मोहन प्रसाद अधिकारीे, लेखनाथ सामुदायिक सहकारी संस्थाका प्रमूख शंखर पौडेल, बुद्ध बचत तथा ऋण सहकारीका प्रमूख नारायण तिवारी, जयलक्ष्मी बचत तथा ऋण सहकारीका प्रमूख सुसिल के।सी। , जय गणेश बचत तथा ऋण सहकारीका प्रमूख अशोक बस्नेत, शुभकामना बहुउद्देश्यीय सहकारीका प्रमूख मूर्ति मंगल रिमाल, उपकार बचत तथा ऋण सहकारीका प्रमूख दिनेश तिवारी र सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका प्रमूख सुरेन्द्र थापाले संस्थागत प्रतिवेदन राखेका थिए ।
गोष्ठीमा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमूख रुक्मत श्रेष्ट,सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव कुल प्रसाद सुवेदी, कोषाध्यक्ष राममणी पौडेल, लगाएतले आ–आफ्नो धारणा राखेका थिए । समिक्ष गोष्ठी मार्फत संस्थालाई परिणाम मूखी बनाउन आम सहकारी विचको एकतालाई कायम गर्दैै सहकारी संघ संस्था सकृय हुने निष्कर्ष सहित कार्यक्रम सम्पन्न गरिएको थियो ।
Comments are closed.