मणिपाल अस्पतालमा क्यान्सर उपचार विभागको सुरुवात

पोखरा । नेपाल मणिपाल शिक्षण अस्पतालले सेवा विस्तारलाई तिब्र बनाएको छ । यसैक्रममा अस्पतालमा नयाँ अत्याधुनिक तथा गुणस्तरीय क्यान्सर उपचार विभागको सुरुवात गरिएको छ । पूजासहित विभागको उद्घाटन गरिएको हो ।

अब पोखरामा नै सम्पूर्ण क्यान्सर उपचार सेवा उपलब्ध गराउने गरी विभागको सुरुवात गरिएको अस्पतालले जनाएको छ । क्यान्सर उपचारका लागि सुविधा सम्पन्न विभागको सुरुवातगसँगै अब क्यान्सर पीडितहरूलाई चितवन, काठमाडौं वा भारतसम्म जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिइएको छ ।

विभागमा अत्याधुनिक प्रविधिबाट उपचार हुने अस्पतालले जनाएको छ । रेडियो थेरापी (विकिरण उपचार पद्धति), किमो थेरापी, हर्मोन थेरापी, टार्गेटेड थेरापी, इमुनो थेरापी, अन्को सर्जरी (क्यान्सर शल्यकृया) लगायतको सेवा उपलब्ध हुनेछ ।

स्तन क्यान्सर, सानो तथा ठूलो आन्द्राको क्यान्सर, मल्द्वार तथा टाउको सम्बन्धी क्यान्सर, शरीरको जुनसुकै भागमा देखिने अन्य क्यान्सर रोगहरूको उपचार उक्त विभागबाट हुनेछ । मनिपाल अस्पतालमा यस अगाडि पनि क्यान्सरको उपचार हुँदै आइरहेपनि थप सेवा र सुविधासहित विभागमा स्तरउन्नति गरिएको हो ।

You might also like

Comments are closed.