गोंगबुमा सञ्चालनमा आयो यामाहाको सेल्स, सर्भिस र स्पेयर पार्ट्ससहितको शोरुम

काठमाडौं । यामाहा नेपालले काठमाडौंको गोंगबुमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) शोरुम सञ्चालनमा ल्याएको छ । एमएडब्लु ग्रप अन्तर्गतको मोटो क्राफ्ट प्रालिले गोंगबुमा अत्याधुनिक सुविधायुक्त थ्रीएस शोरुम सञ्चालनमा ल्याएको हो ।

शुक्रबार एमएडब्लु ग्रुपका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले शोरुमको उद्घाटन गरेका हुन् । कम्पनीले आफ्ना ग्राहकलाई बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा र जेन्युन स्पेयर पाट्र्स एउटै स्थानमै उपलब्ध गराउने उद्देश्यले उक्त नयाँ शोरुम संचालनमा ल्याएको हो ।

कम्पनीका अनुसार नयाँ शोरुम काठमाडौंमा यामाहाको नेटवर्क विस्तारमा एक महत्वपूर्ण उपलब्धी रहेको छ । साथै, यामाहाको सेवाको पहुँचमा विस्तार, गुणस्तर र ग्राहकको सन्तुष्टिलाई अझ सशक्त बनाउने कम्पनीले जनाएको छ ।

यो नयाँ शोरूम उद्घाटनसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्कलाई अझ बलियो बनाएको छ । यसले गोंगबु तथा आसपासका क्षेत्रका यामाहाका ग्राहकले मोटरसाइकल, स्कुटरको सर्भिसिङ, विशेषज्ञ सेवा र स्पेयर पार्टस सहजै पाननेछन् ।

एमएडब्लुका ग्रुप डाइरेक्टर अग्रवालले नयाँ थ्रीएस शोरुमले यामाहा ब्राण्डको भरपर्दो सेवालाई प्रतिबिम्बित गरेको बताए । ‘यामाहा यस्तो ब्रान्ड हो जसले भरपर्दो सेवा र नवप्रवर्तनलाई प्रतिबिम्बित गर्छ । गोंगबुमा हामीले नयाँ शोरुम मात्र खोलेका होइनौं, हामीले हाम्रा प्रत्येक ग्राहकप्रति उत्कृष्टताको वाचा विस्तार गरेका छौं । हाम्रो साझेदार र समुदायसँगै अघि बढ्ने विश्वास गर्छौं । यो शोरूम त्यसै साझा दृष्टिकोणको प्रतिबिम्ब हो,’ उनले भने ।

त्यस्तै, एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गोंगबुमा नयाँ थ्रीएस शोरुम यामाहाको उत्पादन र सेवाहरु ग्राहकको नजिक ल्याउने अर्को कदम भएको बताए । ‘हामी ग्राहक सेवा, पूर्वाधार, र प्राविधिक दक्षतामा उच्चतम मापदण्डसहित हाम्रो नेटवर्कलाई निरन्तर विस्तार गर्न प्रतिबद्ध छौं,’ उनले भने ।

You might also like

Comments are closed.