काठमाडौं । सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
पसल बन्द गरेर व्यवसायीले आन्दोलन गरेका छन् । काठमाडौंका न्युरोड लगायका विभिन्न स्थानमा सुनचाँदी व्यवसाय ठप्प छन् । विनियोजन विधेयक पास हुँदा पनि आफूहरुको माग सम्बोधन नभएकाले पुनः आन्दोलन गर्नु परेको आन्दोलनरत व्यवसायीले बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीले आन्दोलन सुरु गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै उनीहरूले आन्दोलन स्थगित गरेका हुन् । यसअघि पनि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले असार ५ गतेदेखि आन्दोलन स्थगित गरेका थिए ।
सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने आश्वासन दिएसँगै आन्दोलन स्थगित गरेका उनीहरू माग पूरा नभएपछि पुनः आन्दोलनमा उत्रिएका हुन् । यसअघि पनि उनीहरू बजेट मार्फत सरकारले सुनका सबै किसिमका गरगहनामा लगाएको २ प्रतिशत विलासी कर खारेज गर्नुपर्ने, बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माग राख्दै उनीहरू व्यवसाय बन्द गरेर आन्दोलनमा थिए ।
असार मसान्तभित्र माग सम्बोधन नभए विभिन्न विषयगत समूहमार्फत साझा संघर्ष तथा सशक्त आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन् । अव्यवहारिक कर नीतिविरुद्ध संयुक्त महासंघको चरणबद्ध आन्दोलनको पहिलो दिन वृहत ¥याली तथा खबरदारी गरेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारले जानकारी दिए ।
Comments are closed.