बाबा फाउण्डेशनको सहयोगमा अत्यावश्यक सामग्री वितरण

पोखरा । बाबा फाउण्डेशन नेपालले विभिन्न स्थानमा अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको छ । फाउण्डेशनले शनिवार बिन्धवासिनी माध्यमिक विद्यालय बरपाटन पोखरा र बाल सुधार गृह सराङ्कोटमा स्टेशनरी, खेलकुदका सामाग्री र ३÷३ थान डस्विन प्रदान गरेको छ ।

पोखरा–३२, लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा छाता, र्हपिक्स र फलफूल वितरण गरेको हो । न्यूनतम आवश्यकताको अभावमा शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नपरोस् भन्ने उदेश्य लगायत अत्यावश्यकीय सामानबाट पनि कोही पनि पर नहुन् भनि फाउण्डेशनले यी र यस्ता कार्यमा सहकार्य गर्दै आएको अध्यक्ष दीलिपराज श्रेष्ठले बताए ।

फाउण्डेशनले बिन्धवासिनी माविमा प्रधानाध्यापक बसन्तराज पाण्डे र शिक्षक अविभावक संघका अध्यक्ष प्रेमबहादुर गुरुङ, बाल सुधार गृह सराङ्कोटमा साईको शोसल काउन्सिलर ज्वोती शर्मा र प्रहरी सहायक निरिक्षक गौतम श्रेष्ठलाई स्टेशनरी, खेलकुदका सामाग्री र तीन÷तीन डस्विन साथै राधाकृष्ण बृद्धाश्रमका लागि प्रथम उपाध्यक्ष सोभामोहन पौडेललाई छाता, र्हपिक्स र फलफुल प्रदान गरेको छ ।

राधाकृष्ण बृद्धाश्रमका लागि वडा प्रहरी कार्यालय गगनगौडाका इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णुबहादुर पल्ली मगरको समन्वयमा फाउण्डेशनले सो सामग्री प्रदान गरेको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष श्रेष्ठसहित फाउण्डेशनका सचिव टंकराज अभिकारी, कोषाध्यक्ष दीपक अधिकारी, सदस्यहरु शर्मिला श्रेष्ठ, जेपी प्रधानाङ्घ, टाईगर स्वामी, शुभचिन्तक उषा श्रेष्ठ, एकता प्रधानाङ्घ लगायत सहभागी थिए ।

You might also like

Comments are closed.