काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो नयाँ परिमार्जित वेबसाईट सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरिएको यो वेबसाईट ग्राहकमैत्री जानकारीमुलक रहेको छ ।
ग्राहकको सुविधालाई ध्यानमा राखी थप सेवा दिने उद्धेश्यले यो वेबसाइटलाई प्रयोगकर्तामैत्री बनाइएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले बताए । यो वेबसाइटबाट प्रयोगकर्ताले संस्थाको बारेमा, प्रडक्ट तथा सेवा, पब्लिक डिस्क्लोजर अन्तर्गतको सम्पूर्ण जानकारी तथा वेबसाईटबाट नै अनलाईन खाता खोल्ने, अनलाईन मुद्धती खाताको सुबिधा तथा वेब बैंकिङमार्फत आफ्नो खाताबाट कारोबार गर्ने सुबिधा सजिलै उपयोग गर्न सक्नेछन् ।
यो परिमार्जित वेबसाईटले ग्राहक सेवालाई अझै बलियो र सुदृढ बनाउन तथा संस्थाको पब्लिक डिस्क्लोजरमा अझै पारदर्शिता ल्याउन मद्धत पुग्ने विश्वास संस्थाले गरेको छ । अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्न सधै अग्रसर मन्जुश्री फाइनान्सले आफ्ना ग्राहकको लागि सधैँ नवीनतम् सेवाहरु ल्याइरहेको छ । मन्जुश्रीले हालसम्म रु २२ अर्ब निक्षेप सङ्कलन गरी करिव १८.२ अर्ब कर्जा परिचालन गरेको छ ।
निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको यस फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालसम्म १ लाख ५० हजार बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।
Comments are closed.