लायन्स इन्टरनेशनल जिल्ला ३२५ ‘ई’का गभर्नर लायन रामशरण बस्नेतको नेतृत्वमा वितेको वर्ष २०२४÷२५ नेपाली लायन इतिहासको एउटा ऐतिहासिक, प्रेरणादायी र गौरवमय अध्याय बनेको छ । यो कार्यकालले न केवल सेवा क्षेत्रमा नयाँ कीर्तिमान स्थापित ग¥यो, बरु नेतृत्व, प्रतिबद्धता र समर्पणको उच्चतम उदाहरण पनि प्रस्तुत ग¥यो ।
सेवा संख्यामा नेपाल विश्व नम्बर १
गभर्नर बस्नेतको कार्यकालको पहिलो दिन, जुलाई १, २०२४, “डिष्ट्रिक्ट सर्भिस विक” अन्तर्गत भएका सयौं सेवात्मक गतिविधिले नेपाललाई सेवा संख्यामा विश्वकै नम्बर १ जिल्ला बनायो ।
यो दिन केवल कार्यकालको सुरुवात मात्र थिएन, बरु नेपाली लायन आन्दोलनको सपना साकार भएको ऐतिहासिक क्षण थियो ।
अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक सफलताहरू
लायन्स अन्तर्राष्ट्रियका विशिष्ट अतिथिहरूको त्रिभुवन विमानस्थलमा अभूतपूर्व स्वागतदेखि पाँचतारे होटलमा आयोजित सम्मान भोजसम्म, नेपाली लायन्सहरुले देखाएको आतिथ्य संस्कृतिले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई विशेष पहिचान दिलायो ।
महत्वपूर्ण कार्यक्रमहरू र नेतृत्वदायी क्षणहरू
पहिलो क्याबिनेट मिटिङ : ह्यायात रेजेन्सी होटलमा सम्पन्न भयो । लायन्स इन्टरनेशनलका अध्यक्ष Fabricio Oliveira को प्रमुख आतिथ्यता रह्यो ।
दोस्रो क्याबिनेट मिटिङ : Delight Party Venue मा उत्साहपूर्ण रुपमा सम्पन्न भयो ।
महिला सशक्तीकरण सिम्पोजियम : पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष Frank Moore को प्रमुख आतिथ्यमा ।
चन्द्रागिरी किड्नी डायलाइसिस सेन्टर स्थापना ः दीर्घकालीन प्रभाव पार्ने सेवा आयोजना ।
तेस्रो क्याबिनेट मिटिङ : बैंकक, थाइल्यान्डमा १००+ प्रतिनिधिहरूसहित, अन्तर्राष्ट्रिय फड्कोको प्रतीक।
तेस्रो जिल्ला अधिवेशन : Best Western Plus Hotelसम्पन्न, जसमा लायन बिमल कुमार श्रेष्ठ दोस्रो भिडिजीमा निर्वाचित ।
स्वास्थ्य चुनौतीका बीच नेतृत्वको उत्कृष्ठ उदाहरण
गम्भीर स्वास्थ्य समस्याका बाबजुद पनि गभर्नर बस्नेतले आफ्नो जिम्मेवारी निर्वाहमा कुनै कमी देखाउनुभएन ।
शल्यक्रियापछि समेत अन्तिम दिन सम्पन्न चौथो क्याबिनेट मिटिङमा उहाँको सक्रिय सहभागिता देखिनु समर्पणको अनुपम उदाहरण हो ।
उपलब्धिहरू र प्रेरणाको शिखर
उहाँको कार्यकालमा क्लब विस्तार, सदस्यता वृद्धि, एलसिआइएफ तथा एनएलएफमा योगदान, ब्राण्डिङ, नेतृत्व विकास जस्ता सबै क्षेत्रहरूमा अभूतपूर्व सफलता हासिल भयो।
यस ऐतिहासिक यात्रामा पिडिजी अनन्तप्रसाद भेटुवालको मार्गदर्शन विशेष उल्लेखनीय रह्यो ।
अब उहाँ Immediate Past District Governor को भूमिकामा प्रवेश गर्नुभएको छ ।
तर लायन रामशरण बस्नेत नेपाली लायन परिवारको मनमस्तिष्कमा सधैं एक प्रेरणाको प्रतीक भएर रहनुहुनेछ ।
(लेखक राजन श्रेष्ठ डिष्ट्रिक्टका लायन्स लिडर हुन् ।)
Comments are closed.