काठमाडौं । यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाएको छ । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गर्दछ । विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोट्र्स र संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ ।
यसवर्ष यामाहाले “Bridging Old and New, Through Kando Actions” भन्ने मूल नारासहित ७० औं वार्षिकोत्सव मनाएको छ । यस वर्षको उत्सव विभिन्न सामाजिक तथा वातावरणीय उद्देश्यसहित मनाइएको यामाहाले जनाएको छ । एमएडब्लु फाउन्डेसनको संयोजनमा नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रमदेखि फ्याक्ट्री परिसरमा गरिएको वृक्षारोपण अभियानले यामाहाको दिगोपनप्रतिको प्रतिबद्धतालाई उजागर गरेको ।
यामाहा ब्लुस्ट्रिक्स राइडआउटको समापन पनि एक विशेष सामुदायिक सेवामुलक गतिविधिबाट हुनेछ । जसले समाजप्रति यामाहाको जिम्मेवारीलाई पुनः पुष्टि गर्छ । देशभरिका सबै शोरूममा केक काट्ने कार्यक्रमका साथै सडक सुरक्षा तालिमहरू पनि आयोजना गरिनेछन् ।यस अवसरमा यामाहा नेपालले ७० वर्षको यात्रा एक उत्सव मात्र नभई सबैको साझा उद्देश्य र जोशको प्रतीक बनोस् भन्ने चाहनाका साथ आफ्ना ग्राहक, शुभेच्छुक, सरोकारवाला र समुदायलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको छ ।
यामाहा नेपालका सीइओ दीपक अग्रवालले यामाहाले ७० वर्षको गौरवपूर्ण यात्रा पूरा गरिरहँदा नेपालमा यसको यात्रा विश्वासको जगमा आधारित रहँदै इनोभेसनले सञ्चालित विश्वव्यापी भावनाको साहसिक प्रतिबिम्ब बनेको बताए । नेपालको विविध भूगोल र पुस्ताहरुका बीच यामाहा केवल मोटरसाइकल होइन, यो स्वतन्त्रता, भरोसा र प्रगतिको प्रतीक बनेको उनी बताउँछन् ।
एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल हाल नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्राण्डमध्ये एकको रूपमा स्थापित भइसकेको छ । उन्नत जापानी प्रविधि, विश्वसनीय प्रदर्शन र उत्कृष्ट आफ्टर सेल्स सर्भिसका माध्यमबाट यामाहाले पर्फर्मेन्स, स्टाइल र ग्राहक सेवामा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ ।
नेपालभरका टचपोइन्टमा प्रिमियम अनुभव र दक्ष जनशक्ति विकासमा समर्पित यामाहा, आगामी दिनमा पनि उत्कृष्टता कायम राख्ने प्रतिबद्धता साथका साथ अघि बढिरहेको छ ।
Comments are closed.