काठमाडौं । विश्वभर चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदैछ ।
निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीलाई देशका सफल व्यावसायिक हस्तीसमक्ष आफ्ना आइडिया प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ । जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरशिप र जीवन परिवर्तन गर्ने लगानी पाउन सक्नेछन् ।
शार्क ट्याङ्क नेपालको प्रमुख प्रस्तुतिकर्ता ब्राण्डको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई रहनेछ । जुन उत्कृष्ट प्रदर्शन, नवीनता र अग्रताको प्रतीक हो । यो सहकार्यले नेपाली युवा उद्यमी र नयाँ व्यवसायलाई सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ । जसरी अपाचे आरटीआर १६० एसईले सडकमा आत्मविश्वास र शुद्धता देखाउँछ । त्यसरी नै शार्क ट्याङ्क नेपालले उदाउँदा उद्यमीलाई अघि बढ्न मार्गदर्शन र अवसर दिनेछ । यी दुईको साझेदारीले नेपालको भविष्यका व्यावसायिक नेताका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।
शोको पहिलो सिजनमा नेपालका पाँच जना ख्यातिप्राप्त उद्यमी तथा उद्योगपति निर्णायकको रूपमा सहभागी हुनेछन् । आईएमई समूहका सह–संस्थापक तथा प्रबन्ध निर्देशक, हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठ, ज्योति समूहका निर्देशक, सौरभ ज्योति, भोईथ समूहकी प्रबन्ध निर्देशक, ऋतु सिंह वैद्य, र नाइम्बस समूहका प्रबन्ध निर्देशक, आनन्द बगरिया यी पाँच व्यावसायिक व्यक्तित्वको अनुभव र दृष्टिकोणले देशभर नयाँ उद्यमशीलता चेतना जगाउने अपेक्षा गरिएको छ ।
शोमा देखिने उद्यमीहरू जस्तै, टीभीएस अपाचे आरटीआर १६० एसई पनि सिमाना तोड्दै अघि बढ्न चाहने आत्मविश्वासी र जोसिला व्यक्तिहरूको लागि डिजाइन गरिएको हो । यसले आफ्नो सेग्मेन्टमा पहिलो पटक मल्टिपल राइड मोड्सको सुविधा ल्याएको छ । जसले चालकलाई शहरको सहजता देखि अप्ठ्यारो मौसम जस्ता भिन्न परिस्थिति अनुसार अनुकूल बन्न सहयोग पु¥याउँछ । नयाँ युगको चालकहरु जस्तै टर्न–बाइ–टर्न नेभिगेसन, कल अलर्ट, फ्यूल डाटा र अटो क्यान्सल इन्डिकेटर जस्ता फिचर रहेको ब्लुटुट SmartXonnect क्लस्टरको साथ फोनको प्रयोग नै गर्न नपरी यो स्कुटर जहिले पनि कनेटेक्डेड रहन्छ ।
१६० सिसीको फोर–भाल्भ, अइल–कुल्ड इन्जिनमा रेस डेराइभ्ड ओथ्रीसी टेक्नोलोजी जडान गरिएको यस बाइकले चञ्चल पिकअप र स्पोर्टी परफरमेन्स दिन्छ । शहरको ट्राफिक होस् वा लामो दूरीको यात्रा, यस बाइकले शक्ति, शैली र अद्वितीय अनुभवमा अरूलाई पछि पार्छ ।जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक, १० वर्षभन्दा लामो समयदेखि दुई पाङ्ग्रे सवारी साधन बजारमा सक्रिय रहँदै आएको छ ।
देशभर ११० डिलर र २८९ सर्भिस प्वाइन्ट भएको यो कम्पनी विश्वसनीयता र सेवा गुणस्तरमा अग्रस्थानमा छ । शार्क ट्याङ्क नेपालले नेपाली उद्यमशीलताको सपना साकार पार्न लागिपरेको यो यात्रा, टीभीएस अपाचे र जगदम्बा मोटर्सको साथमा नवीन सोच, गति र ठूलो लक्ष्य प्राप्त गर्ने प्रेरणाको प्रतीक बनेर अगाडि बढिरहेको छ ।
Comments are closed.