एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा ब्राण्डेड स्मार्टफोन सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध फर्मुला वान टिम एस्टन मार्टिन अराम्कोले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्य अन्तर्गत पहिलो पटक दुई ब्राण्डको संयुक्त पहिचान बोकेको मोबाइल फोन रियलमी जीटी ७– ड्रीम एडिसन २७ मे मा सार्वजनिक भएको छ ।

रियलमीको फ्ल्यागशिप सिरिज अन्तर्गत पर्ने यो नयाँ फोनमा अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन रहेको छ, जसमा एस्टन मार्टिन अराम्कोको विश्वप्रसिद्ध पङ्खायुक्त लोगो पनि समावेश गरिएको छ । यसले पर्फर्मेन्स र व्यूटिफिकेसनको सन्तुलन प्रस्तुत गर्ने लक्ष्य राखिएको छ ।

रियलमीको फ्ल्यागशिप सिरिज अन्तर्गत आएको नयाँ जीटी ७ स्मार्टफोनले अत्याधुनिक डिजाइनसँग उच्च–स्तरीय पर्फर्मेन्स संयोजन गर्दछ । यसमा एस्टन मार्टिन अराम्कोको प्रतिष्ठित टिम लोगो समावेश रहेको छ । हाल विश्वभर २० करोडभन्दा बढी प्रयोगकर्ता बनाइसकेको रियलमी संसारकै सबैभन्दा तिब्र वृद्धि भईरहेको मोबाइल फोन ब्रान्ड मानिन्छ।

‘मेक इट रियल’ स्लोगन बोकेको यो कम्पनी युवापुस्तालाई लक्षित गर्दै नवीनतम प्रविधि उपलब्ध गराउन समर्पित रहेको छ । सहकार्य अनुसार, एस्टन मार्टिन अराम्को र रियलमीले प्रत्येक वर्ष दुईओटा संयुक्त मोबाइल मोडेल निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् । ती मोबाइलमा अल्ट्रा पर्फर्मेन्स र विशिष्ट डिजाइन विशेषता हुने जनाइएको छ ।

रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काई लीले एस्टन मार्टिन अराम्को जस्तो प्रसिद्ध र गतिशील टोलीसँग सहकार्य गर्नु हाम्रो लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि रहेको बताए । एस्टन मार्टिन अराम्को फर्मुला वन टोलीका हेड अफ लाइसेन्सिङ्ग एण्ड मर्चेन्डाइज म्याट च्यापम्यानले जीटी ७ ड्रीम एडीसनले उच्च–कार्यसम्पादन र नवीनतम डिजाइनको संयोजन गर्ने बताएका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.