आगलागी पीडितलाई सिटिजन्स बैंकको राहत सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लाको सर्केगाड गाँउपालिका–३ उनापानीका आगलागी पीडितलाई राहत सहयोग गरेको छ । गत असार १ गते भएको आगलागीबाट पीडित ८ घरपरिवारलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत आवश्यक राहतस्वरुप खाद्यान्न सामाग्री, लत्ताकपडा सहयोग गरिएको छ ।

आगलागीबाट घरबारविहीन भएका परिवारलाई सानै भएपनि सहयोग गर्न पाउँदा पीडितलाई केही दिनको लागी भएपनि सहजता आउने विश्वास बैंकले लिएको छ । सर्केगाड शाखा प्रमुख लगायत अन्य कर्मचारी, स्थानीयबासी लगायतको उपस्थितीमा राहत सामग्री हस्तान्तरण गरिएको हो ।

वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, तेल, कुकर, डाडु लगायत लत्ताकपडा रहेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठमन्दिरमा सहयोग गरिसकेको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १९ लाख १२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.