काठमाडौं । एभरेष्ट बैंकले महोत्तरीको बर्दिबासमा नयाँ शाखा विस्तार गरेको छ । बर्दिबास नगरपालिका–१ मा बैंकले १३३ औँँ नयाँ शाखाको रुपमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
बर्दिबासमा नयाँ शाखा स्थापना भएसँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । स्थानीयबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन सक्ने विश्वास बैंकले गरेको छ ।
बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबाट संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । सो समारोहमा बर्दिबास नगरपालिका–१ का वडाध्यक्ष भोला खड्का, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख पुष्पराज उप्रेती, बैंकका अन्य कर्मचारी लगायत स्थानीयबासी सहभागी थिए ।
बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख बढी ग्राहक संख्या रहेका र देशैभरीे १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६८ एटिएम छन् ।
विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजश्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नया दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान प्रवाह गरिरहेको छ ।
Comments are closed.