शैक्षिक तथा सामाजिक क्षेत्रमा महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गतका शैक्षिक तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरेको छ । बाजुरा मार्तडी शाखाले लक्ष्मी माध्यमिक विद्मालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका तथा पढाईमा अब्बल रहेका विधार्थीलाई पठनपाठनमा सहज बनाउन स्कुल ब्याग वितरण गरेको छ ।

पाटन नगरपालिका–१ मेल्चौरस्थित सिद्धेश्वर माध्यमिक विद्यालयलाई पाटन शाखाको आयोजनामा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । करिव ८ सय विद्यार्थी र ३० कर्मचारी रहेका यस विद्यालयमा शौचालयको आवश्यकता रहेको हुँदा सहयोग गरिएको हो ।

बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुर स्थित बैजनाथधाम तथा बृद्धाश्रम सेवा समितिलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ क्वाँटोल, चण्डेश्वरीस्थित मदन आश्रित आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीका लागि राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ को लागि छात्रवृत्ति वितरण कार्यक्रम भएको छ । कलैया शाखाले गर्मीको समयमा उच्च तापक्रमको कारणले हुन सक्ने असजिलो कम गर्न निःशुल्क सर्वत पानी वितरण गरेको छ ।

प्रहरी वृत मालीगाउँ काठमाडौंलाई प्रहरी स्थलगत रुपमा खटिने प्रहरीलाई सहज होस् भन्ने उद्धेश्यका साथ खानेपानी वितरण गरेको छ । रोटरी क्लब अफ वीरगञ्जको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ भने रोटरी क्लब अफ गैँडाकोटको सहकार्यमा नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरिएको छ ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण, सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.