काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडको ईटहरी शाखामार्फत लक्ष्मी माध्यमिक विद्यालय, ईटहरी–७ बज्रालाई विभिन्न सामग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शैक्षिक तथा आवश्यक सामग्री सहयोगस्वरुप सहयोग गरेको हो ।
विद्यालयलाई २० थान पङ्खा, १३ थान डस्ट्बिन, १० थान बाल्टिन, ८ कार्टुन स्यानिटरी प्याड, १ थान वाटर डिस्पेन्सरका साथै १ थान कलर प्रिन्टर तथा स्क्यानर गरी करिब १ लाख ३० हजार बराबरको सामग्री हस्तान्तरण गरेको फाइनान्सले जनाएको छ ।
प्राथमिक तह देखि माध्यमिक तहसम्मका विद्यार्थीलाई शिक्षा दिदै आइरहेको यस विद्यालयमा करिब ३५० अध्ययनरत छन् । मन्जुश्रीले हालसम्म रु २२ अर्ब निक्षेप सङ्कलन गरी करिब १८.२ अर्ब कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।
हालसम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।
Comments are closed.