काठमाडौं । सुनचाँदी तथा रत्न आभूषण क्षेत्रसँग संबद्ध व्यवसायीले गरेको आन्दोलन स्थगित भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत लागू गरिएको अव्यवहारिक करका विरुद्ध देशैभरका व्यवसायीले करिब ४० दिन बढी आन्दोलन गरेका थिए ।
सरकारसँग ६ बुँदे लिखित सहमति भई हस्ताक्षरित पत्र प्राप्त भएसँगै आन्दोलन स्थगित भएको हो । सो सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालयको संयोजनमा सुनचाँदी तथा रत्न आभूषण क्षेत्रसँग सम्बन्धित कर प्रणाली सुधार तथा नीतिगत सुझावका लागि बैठक सम्पन्न भएको छ । बैठकमा सरकारी निकायका प्रतिनिधि, व्यवसायी संघ–संस्थाका पदाधिकारी तथा सरोकारवाला लगायत सहभागी थिए ।
बैठकबाट सुनचाँदी व्यवसायीका विविध समस्या तथा सरोकारका विषयमा कार्यदल गठन गरी प्रतिवेदन तयार पारेर सरकार समक्ष पेस गर्ने गरी सहमति भएको छ । आन्दोलनलाई यहाँसम्म ल्याई सफल पार्न सहयोग गर्ने देशभरिका व्यवसायी, कालीगढ, कर्मचारी, उपभोक्ता, पत्रकार लगायत सबैलाई महासंघले धन्यवाद दिएको छ ।
Comments are closed.