ईटहरीमा खुल्यो फेसियल हाउसको नयाँ ब्रान्च

ईटहरी । फेसियल हाउसले ईटहरीमा आफ्नो सेवा विस्तार गरेको छ । नेपालको सौन्दर्य सेवा क्षेत्रमा परिचित संस्था फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

ईटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्युटिसियन सुष्मा महराले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

फेसियल हाउसले ७ वर्षअघि झापाबाट सेवा आरम्भ गरेको र कोभिड–१९ महामारीका कारण केही समयका लागि सेवा रोकिएको सञ्चालक महराले जानकारी दिइन् । अहिले पूर्वका सबै सेवाग्राहीलाई लक्षित गरी इटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको बताउँदै महराले सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु मूल उद्धेश्य रहेको बताए ।

प्रमुख अतिथि उप–प्रमुख चौधरीले राम्रो बन्ने चाहना सबैको हुन्छ, सौन्दर्य सेवा महिलाको आत्मविश्वास र पहिचानसँग जोडिएको विषय रहेको बताइन् । फेसियल हाउसले यहाँ शाखा विस्तार गरी महिला सशक्तीकरणमा सहयोग गरेकोमा धन्यवाद दिदै उनले नगरपालिकाले पनि महिलालाई ब्युटिसियन तालिम प्रदान गर्दै आएको जानकारी दिए ।

ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले ईटहरीलाई सौन्दर्य सेवाको हब बनाउन फेसियल हाउसले पु¥याएको योगदानको कदर गर्दै थप सफलताको शुभकामना दिए । वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले फेसियल हाउसको सेवा र प्रभावबारे पहिलेदेखि जानकारी रहेको बताउँदै ईटहरीमा शाखा विस्तार गरेकोमा धन्यवाद दिए ।

फेसियल हाउस ईटहरी शाखाबाट ग्राहकले हेयर केयर, स्किन केयर, स्किन टेस्ट, मेनिक्योर–पेडिक्योर, हाइड्रा फेशियल लगायतका अत्याधुनिक सेवा सुविधा एकै छानामुनि पाउन सक्नेछन् । संस्थाले निकट भविष्यमा पूर्वाञ्चलका अन्य शहरमा पनि सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.