बुटवल । मञ्जुश्री फाइनान्स बुटवल शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बुटवल शाखाको बैंकिङ साझेदारीमा नेपाल नियमित रक्तदाता संघद्वारा दिपनगरस्थित सिद्धेश्वरी लालकुमारी माध्यमिक विद्यालय परिसरमा रक्तदान, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ८० जनाले रक्तदान र २९२ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् । इएनटि डा. सुमन पौडेल, स्त्रीरोग विशेषज्ञ राजीव शाह, आन्तरिक रोग विशेषज्ञ डा. पटल गिरी, अस्थिरोग विशेषज्ञ डा. सम्राट पराजुलीसहितको चिकित्सकको टोलीले सेवा दिएको हो ।
दयाबहादुर सिलवालको अध्यक्षतामा कार्यक्रम भएको हो । शाखा प्रबन्धक सुबास अर्यालले मञ्जुश्री फाइनान्स सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेकाले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । डा. सुमन पौडेलले स्वास्थ्यप्रति सचेतना र नियमित परीक्षण गर्नुपर्नेमा जोड दिए ।
नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागतबाट सुरु भएको कार्यक्रम सञ्चालन नेपाल नियमित रक्तदाता संघका महासचिव दीपक अधिकारीले गरेका हुन् । मञ्जुश्री फाइनान्स बुटवल शाखाका प्रबन्धक सुबास अर्याल लगायतले कार्यक्रमको प्रभावकारिताकबारे जानकारी दिए ।
Comments are closed.