मुनलाईट सेकेण्डरी स्कुललाई मन्जुश्री फाइनान्सको छात्रबृत्ति सहयोग

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले अनन्त सेवा आश्रममार्फत मुनलाईट सेकेण्डरी स्कुललाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फाइनान्सले रु १ लाख ८६ हजार बराबरको छात्रबृत्ति रकम प्रदान गरेको छ ।

फाइनान्सको तपÞर्mबाट फाइनान्सका चिफ बिजनेस अफिसर गणेश खत्री, अनन्त सेवा आश्रमका प्रमुख कार्यकारी अधिकृत उदय राजभाट तथा मुनलाईट स्कुलका प्रध्यानाध्यापक इश्वर गुरुङलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।

फाइनान्सले सोही विद्यालयमा अध्यनरत दुई छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । सामाजिक सेवामा अग्रसर मन्जुश्रीले २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । मन्जुश्रीले हालसम्म २२ अर्व निक्षेप सङ्कलन गरी करिब १८.२ अर्व कर्जा परिचालन गरेको छ ।

निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म १ लाख ५० हजार बढी ग्राहकलाई सेवा प्रवाह गरी मन्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ

You might also like
Ram Tulasi Palpa

Comments are closed.