बेष्ट फाइनान्सले ल्यायो ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ योजना

काठमाडौं । जलवायु परिवर्तन र जोखिम न्युनिकरणका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ कार्यक्रम अन्तर्गतको ‘ग्रीन फाइनान्सिङ्’ लाई कार्यान्वयनका लागि भन्दै बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ ग्राहकमाझ ल्याएको छ ।

जलवायु परिवर्तनले ल्याउने जोखिम न्युनिकरण गर्ने, प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्ने, वातावरण प्रदुषणको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ जारी गरेको थियो । सो मार्गदर्शनमा भएका व्यवस्था कार्यान्वयन गर्ने क्रममा ‘ग्रीन फाइनान्सिङ्’ का लागि स्रोत जुटाउने उद्देश्यले बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ योजना ग्राहकमाझ ल्याएको हो ।

सो निक्षेप योजनामा सहभागी हुने हरेक ग्राहकले ‘नेपाल ग्रीन फाइनान्स ट्यासोनोमी, २०२४’ ले राखेका लक्ष्य पूरा गर्ने कार्यमा स्वतः योगदान पुग्दछ । त्यसका लागि बेष्ट फाइनान्सले हरेक ग्राहकका तर्फबाट एकवटा बिरुवा रोपिदिने व्यवस्था मिलाएको छ । स्थानीय निकायसँग समन्वय गरी बिरुवा रोप्नका लागि खाली स्थान मिलाउने, बिरुवा रोप्ने, गोडमेल गर्ने तथा संरक्षण गर्ने तथा बिरुवा रोपेर हुर्काउने र ५ बर्षपछि सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्ने कार्यमा साझेदारी गर्नका लागि बेष्ट फाइनान्सले लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी समेत गरेको छ ।

साझेदारी गर्ने सहमतिपत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाण्डांै) को तर्फबाट एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्यले हस्ताक्षर गरेका छन् । कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिका –१ स्थित बेष्ट फाइनान्स र लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको–१ गोदामचौंरस्थित खाली जग्गामा पाँच सय थान बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।

वृक्षरोपण कार्यक्रममा वडाध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्रा.डा. रामजी गौंतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा कर्मचारी, लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालका एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्य, एरिया एक्जुकेटिभ चिफ बालकुमार पाण्डे लगायत लायन्सका विभिन्न पदाधिकारी सहभागी थिए । वृक्षरोपण कार्यक्रमलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालका ५० बढि क्लबले ऐक्यबद्धता जनाएका थिए ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.