नेपाल लाइफ इन्स्योरेन्सलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड नेपाल लाइफ इन्स्योरेन्सलाई प्रदान गरिएको हो ।

आइक्यानले होटल र्याडिसनमा आयोजना गरेको एक कार्यक्रमका बीच महालेखापरीक्षक तोयम रायाले कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले सो अवार्ड प्रदान गरेका हुन् ।

कम्पनीलाई जीवन बीमातर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो । जीवन बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको आ.व. २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेकाले सो अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो अवार्ड प्राप्त गर्दा खुशी लागेको बताउँदै जिम्मेवारी थपिएको बताए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

नेपाली जीवन बीमा उद्योगको करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल यस कम्पनीले वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो केन्द्रबिन्दुमा राख्दै कार्यसम्पादन गर्दै आएको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.