पाँचतारे पोखरा ग्रान्डी होटल १९ वर्ष वर्षमा प्रवेश

पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्रान्डी आजबाट (अगस्ट १) स्थापनाको १९ औं वर्षमा प्रवेश गरेको छ । विविध कार्यक्रमका साथ होटलले वार्षिकोत्सव मनाएको छ । पोखरा आउने स्तरीय तथा विशिष्ट पर्यटकलाई सेवा दिने लक्ष्यसहित सन् २००७ देखि सुरु भएको यो प्रतिष्ठित होटलले “A Complete Hospitality” भन्ने नारालाई आत्मसात गर्दै पोखराको आतिथ्य सेवा क्षेत्रमा विशेष पहिचान बनाउँदै आएको छ।

होटलमा १० वटा स्विट रुमसहित होटलमा १ सय ४० वटा कोठा छन् । ५ वटा हल छन् । होटलमा ३ वटा रेस्टुरेन्ट र एउटा बार रहेको छ। स्पा, हेल्थ क्लब, स्विमिङ पुल, ट्राभल्स डेक्ट, बिजनेस सेन्टर तथा पर्याप्त पार्किङको सुविधा रहेको छ ।

वार्षिकोत्सवको अवसरमा होटलले एक शुभकामना सन्देश सार्वजनिक गर्दै अतीतका सम्झनाहरू, अतिथिहरूको माया, र टिमको समर्पणलाई सम्मान गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ।

“आज हामी केवल हाम्रो प्रगतिको मात्र होइन, हरेक पाहुना, हरेक कार्यक्रम, र हरेक अविस्मरणीय क्षणसँग बाँडेका सम्झनाहरूलाई पनि उत्सव मनाउँदैछौं,” होटलले दिएको सन्देशमा भनिएको छ।

पोखराको बिरौटामा अवस्थित यो होटल पर्यटकहरूका लागि आरामदायक बसोबास, सेमिनार, गोष्ठी, विवाह समारोह लगायतका कार्यक्रमहरूको लागि पहिलो रोजाइ बन्न सफल हुँदै आएको छ।

होटल व्यवस्थापनले अतिथिहरू, समर्पित कर्मचारी, र समुदायको सहयोगप्रति आभार व्यक्त गर्दै अझ गुणस्तरीय सेवा र सत्कारको प्रतिबद्धता व्यक्त गरेको छ।

You might also like

Comments are closed.