काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित वार्षिक सेल कार्यक्रम ‘८.८ डिल्स हेरेको हे¥यै’ को घोषणा गरेको छ । श्रावण २३ देखि २९ गते (अगस्ट ८–१४, २०२५) सम्म सञ्चालन हुने यस विशेष सेल अभियानमा ग्राहकहरूले ६० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी, र १ करोड १० लाख रुपैयाँ बराबरको भौचर लगायत विभिन्न आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।
यस अभियानको मुख्य आकर्षण फ्ल्याश सेल हो, जसअन्तर्गत सेटाफिल, अस्टावल्फ, नाइक, ब्लेस अनलाइन जस्ता प्रसिद्ध ब्रान्डका उत्पादनहरू अत्यन्तै कम मूल्यमा उपलब्ध हुने दराजले जनाएको छ । यी अफरहरू दैनिक रूपमा अपडेट हुने भएकाले दराजले ग्राहकहरूलाई एपको फ्ल्याश सेल सेक्शन नियमित हेर्न आग्रह गरेको छ ।
‘डिल्स हेरेको हे¥यै’ अभियानअन्तर्गत दराजले ग्राहकहरूको विश्वास जित्न बेस्ट प्राइस ग्यारेन्टि (BPG) कार्यक्रम पनि ल्याएको छ । यो योजनाअनुसार यदि ग्राहकले कुनै उत्पादन अरू नेपाली अनलाइन प्लेटफर्ममा अझ सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ । यसले दराजको पारदर्शी र ग्राहक–मैत्री सेवामा प्रतिबद्धता दर्शाउँछ ।
८.८ सेलको अर्को प्रमुख विशेषता हो छानिएका उत्पादनहरूमा निःशुल्क होम डेलिभरी सुविधा। ग्राहकहरूले कम्तीमा ४९९ रुपैयाँको खरिद गरेपछि चयनित विक्रेताबाट घरमै निःशुल्क डेलिभरी पाउन सक्नेछन् । यसको लागि दराज एपको होमपेजमा रहेको “Free Delivery” ब्यानरमा क्लिक गरी सम्बन्धित भौचर संकलन गर्न सकिनेछ ।
स्वास्थ्य र सौन्दर्य, फेसन, अडियो उपकरण, वेयरेबल्स, फर्निचर, घर सजावट लगायत विभिन्न उत्पादनहरूमा आकर्षक अफरहरू उपलब्ध गराइएको दराजले जनाएको छ । ग्राहकहरूले न केवल रोजाइका सामानहरूमा बचत गर्ने अवसर पाउनेछन्, तर अत्यावश्यक सामग्रीहरूमा समेत उल्लेखनीय छुट प्राप्त गर्न सक्नेछन् ।
दराजले यस सेललाई केवल छुट र अफरमा सीमित नराखी सम्पूर्ण किनमेल अनुभवलाई समृद्ध बनाउने प्रयास गरेको जनाएको छ। सहज भुक्तानी, छरितो डेलिभरी र भरपर्दो रिटर्न प्रणालीमार्फत दराजले नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको ई–कमर्स अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। ८.८ सेल सम्बन्धी थप जानकारी दराजको आधिकारिक वेबसाइट www.daraz.com.np, दराजको फेसबुक पेज, वा दराज एप ब्राउज गरेर प्राप्त गर्न सकिनेछ ।
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाको एक अग्रणी ई–कमर्स प्लेटफर्म हो जसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा दिँदै आएको छ। दराजले ५० करोडभन्दा बढी जनसंख्यालाई लक्षित गर्दै अत्याधुनिक प्रविधिबाट बिक्रेता र ग्राहकलाई जोड्ने, ढुवानी, भुक्तानी र वित्तीय सेवा उपलब्ध गराउने समग्र ई–कमर्स पूर्वाधार विकास गर्दै आएको छ।








Comments are closed.