चन्द्रागिरी मन्दिरमा भोली महाआरती हुने, केबलकार टिकटमा आकर्षक छुट

काठमाडौं  । भोली साउन २६ गते पर्ने अन्तिम सोमबार चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुँदैछ ।

चन्द्रागिरी हिल्स लिमिटेडले साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले यस भक्तिमय कार्यक्रमको आयोजना गरेको हो । पूरा दिन मन्दिर परिसरमा भजन–कीर्तन सञ्चालन हुनेछ भने साँझ ६ः३० बजे विशेष महाआरती सम्पन्न हुनेछ ।

भक्तजनलाई सहज पहुँच र सहभागिताको लागि चन्द्रागिरी हिल्सले विशेष टिकट अफर ल्याएको छ । सोमबार केबलकार टिकटमा २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि टिकट रु. ४०० मा उपलब्ध हुनेछ ।

यसअघि साउन महिनाका तीनवटै सोमबार सफलतापूर्वक भक्तिमय कार्यक्रम सम्पन्न भइसकेको छ । भक्तजनहरूको उत्साह र श्रद्धालाई मध्यनजर गर्दै अन्तिम सोमबारको दिन विशेष रूपमा मनाउने योजना गरिएको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडले सबै श्रद्धालु भक्तजनलाई समयमै उपस्थित भई दर्शन, भजन र महाआरतीमा सहभागी भई अध्यात्मिक अनुभूति लिन हार्दिक अनुरोध गरेको छ ।

You might also like

Comments are closed.