लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपालको पदस्थापन कार्यक्रम सम्पन्न

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा पदस्थापन, चार्टर हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपाल रिजन ८ अन्तर्गतका क्लबहरुको वर्ष २०२५/२६ का पदाधिकारी, सदस्यको संयुुक्त पदस्थापन, चार्टर हस्तान्तरण र सदस्यलाई एक कार्यक्रम गरी सपथ ग्रहण गराइएको छ ।

रिजन ८ अन्तर्गतका लायन्स क्लब अफ पोखरा, लायन्स क्लब अफ पोखरा चौतरी, लायन्स क्लब अफ पोखरा गण्डकी युथ, लायन्स क्लब अफ पोखरा सहयात्री, लायन्स क्लब अफ पोखरा सेति दोभान, लायन्स क्लब अफ पोखरा सुन्दर चौतारीको वर्ष २०२५/२६ का पदाधिकारी, सदस्यको पदस्थापन, चार्टर हस्तान्तरण र सदस्यले ग्रहण गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाले क्लबले गरेको कार्यक्रमले समाजमा सकारात्मक भूमिका निर्वाह गरेको बताइन् । उनले आगामी दिनमा पनि यस्तै सामाजिक हितका कार्य गर्न अनुरोध गरेकीछिन् ।

डिष्ट्रिक्ट गर्भनर लायन मिलनबाबु मल्लले समाजमा केही गर्ने मनसाय बोकेर क्लब स्थापना गरी विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताए । रिजन चेयरपर्सन एवं कार्यक्रम संयोजक लायन दिपेन्द्र कोईरालाले नयाँ पदाधिकारीकारी तथा सदस्यलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

 

You might also like

Comments are closed.