काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखराको लेकसाइडस्थित ‘लेक साइड रिट्रिट’ (आइएमई हस्पिटालिटीद्वारा व्यवस्थापित) सँग नयाँ साझेदारी घोषणा गरेको छ । यस साझेदारीमार्फत डिशहोमका सक्रिय ग्राहकहरूले आवास तथा फुड एण्ड बेभरेजमा १५–१५ प्रतिशत छुट पाउनेछन् ।
यो सुविधा लिनका लागि ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिटमा देखाउनुपर्नेछ । खराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र ख्यातिप्राप्त अतिथिसत्कारको उत्कृष्ट संयोजन प्रदान गर्दछ, जसले आरामदायी बिदा वा विशेष खाने अनुभव खोज्नेका लागि थप आकर्षण बनाएको छ ।
भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्नका लागि प्ले स्टोर वा एप स्टोरबाट माइ डिशहोम एप डाउनलोड गरी, दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्छ । त्यसपछि होम स्क्रिन वा प्रोफाइलमा रहेको ‘प्रिभिलेज कार्ड’ आइकनमा क्लिक गरेर, पोखरा भ्रमणका क्रममा लेक साइड रिट्रिटमा देखाएपछि छुट पाउन सकिन्छ । डिशहोमका अनुसार यो साझेदारी केवल इन्टरनेट वा टेलिभिजन सेवामा सीमित नभई आफ्ना ग्राहकहरूलाई जीवनशैलीमा मूल्यवृद्धि गर्ने, बचत दिलाउने र विशेष अनुभव उपलब्ध गराउने निरन्तर प्रयासको हिस्सा हो ।
Comments are closed.