घोराही सिमेन्टको नोक्सानी घट्दा, बिक्री आम्दानी र कुल नाफामा बढयो

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड (GCIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा  घटेको छ ।

अघिल्लो आर्थिक वर्ष १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले यस वर्ष नोक्सानी ६६ करोड रुपैयाँमा झारेको छ । बिक्री आम्दानी बढेसँगै नोक्सानीमा कमी आएको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १२.७९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने कुल नाफा २३२.५४ प्रतिशतले वृद्धि भएको छ । तर, कम्पनीको वित्तीय खर्च भने १७.१० प्रतिशतले बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ ।

४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ । गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक १४ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ४७ पैसा रहेको छ ।

You might also like

Comments are closed.