लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन, राजेन्द्र ओझाको प्यानल घोषणा

काठमाडौं । लेखनाथ उद्योग वाणिज्य संघको भदौमा हुन लागेको अधिवेशनका लागि राजेन्द्र ओझाको प्यानल सार्वजनिक गरिएको छ ।

आगामी भदौ २० र २१ गते हुने १५ औँ अधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार ओझा रहेको प्यानलले निर्वाचनको तयारी थालेको छ । ओझाको प्यानलमा बरिष्ठ उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’, प्रथम उपाध्यक्ष मेनुका श्रेष्ठ, द्वित्तीय उपाध्यक्ष धिरजकुमार श्रेष्ठ, महासचिव जीवन तिवारी, उप–महासचिव लक्ष्मीप्रसाद ढुंगाना ‘एलपी’, कोषाध्यक्ष टिकाराम सापकोटा रहेका छन् ।

यस्तै खुल्ला सदस्यहरुमा घनश्याम ढुंगाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भिमप्रसाद सुवेदी ‘सन्तोष’, महिला सदस्यमा सपना सुवेदी तिवारी र लक्ष्मी ठाकुरले उम्मेदवारी दिने भएका छन् । संघको एसोसिएट सदस्यमा प्रवेश वञ्जरा र संस्थागत सदस्यमा वीरभद्र कंडेल रहेका छन् ।

अध्यक्षका उम्मेदवार ओझाको प्यानलले निर्वाचनमा आफ्नो पक्षमा मताधिकार प्रयोग गर्न मतदातासँग भेटघाट तथा चुनावी प्रक्रियामा जुटेको छ । संघलाई नयाँ कार्यदिशामा अगाडि बढाउन र उद्योग व्यावसायलाई चलायनमान बनाउन संघको आगामी कार्यकालका लागि अध्यक्षको उम्मेदवारी दिने तयारी गरेको ओझाले बताए । सम्पूर्ण व्यवसायीको हकहितका लागि काम गर्ने अठोट बोकेर चुनावी मैदानमा होमिएको उनी बताउँछन् ।

“संघको नेतृत्व गर्ने अवसर पाएमा नयाँ दिशाबाट गतिविधि सञ्चालन गर्नेछु, उद्योग व्यवसायको क्षेत्रमा प्रशस्त सम्भावना रहेका छन्, तर युवाहरु पछिल्ला वर्षमा विदेश पलायन हुने दर बढ्दो छ” अध्यक्ष पदका उम्मेदवार ओझाले भने,–“विदेशिएका र विदेशिन लागेका युवालाई स्वदेशमै बसेर उद्यम, व्यावसाय थालनी गरेर जीविकोपार्जन गराउन उत्प्रेरित गर्ने उद्धेश्य बोकेर चुनावी मैदानमा होमिएको छु, मतदाताले उत्कृष्ट उम्मेदवार चयन गरी विजयी गराउनुहुनेछ” ।

संघको निर्वाचनको मिति नजिकिदै गर्दा अबको नेतृत्व आफ्नो पक्षमा पार्न उम्मेदवारले मतदाता सदस्यसँग मत माग्न थालेका छन् । निर्वाचनमा आफ्नो प्यानललाई विजयी गराउने संबद्ध प्यानलका सदस्यहरु चुनावी रणनीतिक योजना बनाएर मैदानमा निस्केका छन् ।

You might also like

Comments are closed.